पर्बत, मंसिर-१०, प्रत्यक्ष निर्वाचनमा पर्वत जिल्लाबाट ३ वटै निर्वाचन क्षेत्र जितेको नेकपा एमाले समानुपातिक निर्वाचन प्रणालीमा पनि पर्वतमा पहिलो पाटी नै भएको छ । प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको १ सिट र प्रदेश सभाको २ वटा सिटमा निर्वाचन जितेको एमाले समानुपातिक निर्वाचन प्रणालीमा पनि पहिलो दल बनेको हो ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन दुवैमा एमाले पहिला दल बनेको छ । उता, कांग्रेस दोस्रो दल बनेको छ भने माओवादीलाई राष्ट्रिय स्वतन्त्र पाटीले प्रतिनिधि सभामा उछिनेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एमालेले २५३१४ मत ल्याउँदा कांग्रेसले १८८१७ मत ल्याएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पाटीले ९६७९ मत ल्याउँदै तेस्रो पाटी भएको छ ।
माओवादी केन्द्रले भने ७०३६ मत ल्याएर चौथो पाटी बनेको छ । एमालेबाट विभाजन भएर गएको एकिकृत समाजवादीले भने ८६१ मत ल्याएर पाँचौ नम्बरको पाटी भएको छ । मंगोल नेशनल अर्गनाइजेशनले २९९, राष्ट्रिय जनमोर्चाले १९९, विपी कांग्रेसले १४४ मत ल्याएका छन् ।
यसैगरी प्रदेश सभा तर्फ पनि एमाले पहिलो दल बन्दै २७५२७ मत ल्याएको छ । नेपाली कांग्रेसले २१९४७ मत ल्याउँदा माओवादीले भने ६४७३ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पाटीले २१६७ मत ल्याउँदा एकिकृत समाजवादीले २०२५ मत ल्याएको छ । प्रदेश सभामा मंगोल अर्गनाइजेशनले ४१३, हाम्रो नेपाली पाटीलेले ४०२ र जनमोर्चाले ३०३ विपी कांग्रेसल १८२ मत ल्याएको छ । श्रोत: पर्बत न्युज
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )