बेनी, कत्तिक-२८, म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा शिक्षक-अभिभावक संघ पुनर्गठन गरिएको छ । आइतबार विद्यालयमा भएको अभिभावकको भेलाले विष्णु रोका मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको हो ।समितिको सदस्यहरुमा हिरा बहादुर बरुवाल, बिपिन श्रेष्ठ, दुर्गालाल कंडेल, बिक्रम सुबेदी, देवी जिसी, लक्ष्मण केसी (कटुवाल) खरु पुर्जा, रोजिना क्षेत्री राइ, सारिका थापा मगर, कमल शर्मा, लाल बहादुर कार्की, मधु पुर्जा, सुनिता केसी र दुर्गा भण्डारे रहनुभएको छ ।
त्यसैगरी शिक्षक अभिभाबक संघको सल्लाहकारमा दिलकुमार श्रेष्ठ (संयोजक), गणनाथ पौडेल, तारा प्रशाद श्रेष्ठ, खुमा सापकोटा, अरबिन श्रेष्ठ, गौरी सापकोटा, नारायण बराल, बिणा छन्त्याल, कमला कुमारी थापा, विष्णु कार्की, सिता कुँवर चयन हुनुभएको छ।
विद्यालयमा मंटेसरी देखि १२ कक्षा सम्म अध्ययन गर्ने १७ सय भन्दा बढी अभिभावकहरुबाट इच्छुक अभिभावकहरुको दुइ चरणको भेला पछी आइतबार भएको भेलाले नया कार्यसमिति चयन गर्न सफल भएको निबर्तमान अध्यक्ष दिलकुमार श्रेष्ठले बताउनुभयो । आफ्नो कार्यकाल केहि समय पहिला सकिएको भएपनि कोरोना संक्रमण लगायतका परिस्थितिका कारण पुनर्गठन गर्न नसकिएको उहाले बताउनुभयो । श्रेष्ठले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक स्तर उन्नातिकोलागी धेरै काम भएको बताउदै आफ्नो समितिका सबै सदस्यहरू र सल्लाहकार प्रति कृतज्ञटा प्रकट गर्नु भयो ।
कार्यक्रममा हिराबहादुर बरुवालले मन्तब्य ब्यक्त गर्दै कोरोना संक्रमणको समयमा भर्चुअल कक्षा संचालन गर्न शिक्षक अभिभावक संघले गरेको पहल र प्राप्त गरेको सफलताको बारेमा सबैप्रति आभार प्रकट गर्नुभयो । त्यसैगरी कार्यक्रमा र विष्णु रोका मगरले परिबर्तित परिस्थितिमा विद्यार्थीहरुको आनीबानीले शैक्षिक स्तरमा प्रत्यक्ष भूमिका खेल्ने हुदा अभिभाबक, शिक्षक अभिभाबक संघ र विद्यालयले पढाइ लेखाइ मात्रै नभएर बालबालिकाको हरेक कुरामा सुधार र बिकास हुनुपर्ने चासो दिनु पर्ने बताउनुभयो ।
शिक्षक अभिभाबक संघ गठनको सहजीकरण वेष्ट पोइन्ट एजुकेशन म्याग्दी प्रा. ली. म्याग्दीका संस्थापक निर्देशन सुदर्शन कुमार श्रेष्ठले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा संस्थापक निर्देशकहरु रबिन्द्रराज जोशी, शिबकुमार श्रेष्ठ, कृष्ण प्रसादश्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । नव गठित समितिलाई संस्थापक निर्देशकहरु, निबर्तमान अध्यक्ष, विद्यालयका प्रिन्सिपल डीबी दाहालले शुभकामना प्रदान गर्नु भएको थियो । वेष्ट पोइन्ट अडीटोरियममा सम्पन्न कार्यक्रमको संचालन भाइस प्रिन्सिपल कृष्ण जिसीले गर्नु भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )