कालिपुल बेनीमा फुटबल प्रतियोगिता शुरु भएको छ । बेनी कालिपुल स्थित कालिपुल युवा क्लवले 4 A साइड फुटबल प्रतियोगीताको आयोजना गरेको हो । कोरोनाका कारण करिव एक वर्ष जति बेनीमा कुनै खेलकुदका गतिबिधि नहुदा खेलाडी खेल क्षेत्रबाट बिस्थापित हुने लगायतका अवस्था देखापर्न थालेपछी खेलाडीलाई प्रोत्साहन र निरन्तरताका लागी प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष विकास पुनले बताउनु भयो ।
खेलमा छिमेकी जिल्ला पर्बत र म्याग्दीका गरि २३ टिम सहभागी रहेका छन् । खेलमा प्रथम द्वितीय हुनेले खसी,खुराको भाले मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष पुनले बताउनु भयो । उहाँले भन्नु भयो “२३ टिमको सहभागिताले कोरानाका कारण खेलाडी खेल खेल्न नपाउदा र कतै प्रतियोगिता नहुदा उकुस मुकुस भएर रहेका रहेछन भन्ने प्रमाणित गरेको छ । ” आज भएको खेलमा न्यु वेष्ट पोइन्ट टिम, पर्बत बगर FC, बुद्ध युवाक्लव, दोश्रो चरणमा प्रवेश गरिसकेका छन् ।
कोरोनाको जोखिम कायमै छ, देशमा सबै क्षेत्र खुल्ला भैसकेको छ तर खेल, मेला महोत्सव अझै पूर्ववत सुचारु हुन सकेका छैनन् । कालिपुल युवा क्लवले आयोजना गरेको यो प्रतियोगिता बेनी नगरपालिकामा कोरोना पछी आयोजना भएको पहिलो प्रतियोगीता भएको बताइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )