पर्वत, कार्तिक-१५, आगामी मंसीर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा पर्वत जिल्लाका उमेदवारहरुले जनताको प्रश्नको सामना गरेका छन् । सोमबार प्राइम टेलिभिजनको चर्चित टेलिभिजन शो कार्यक्रम “मंसीर महासंग्राम कार्यक्रम” सदरमुकाम कुश्मा बजारबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
पत्रकार ऋषी धमलाले सञ्चालन गर्ने उक्त कार्यक्रममा गठबन्धनका ३ जना उमेदवार अर्जुन जोशी र प्रदेश सभा १ का उमेदवार सुदीप कुँवर कार्यक्रमा सहभागी हुनुभएको थिएन । प्रदेश सभा २ का उमेदवार ऋषीकेश तिवारी भने अस्वस्थ हुनुहुन्छ ।
कार्यक्रममा प्रतिनिधि सभाका उमेदवार जोशी नआएपछि सहभागीहरुले गठबन्धनका उमेदवारको विषयमा जिज्ञासा राखेपछि कार्यक्रम सञ्चालक धमलाले आफुले निमन्त्रणा गरेको तर उहाँहरु सहभागी नभएको बताउनु भयो । कार्यक्रममा एमालेको तर्फबाट प्रतिनिधि सभाका उमेदवार पदम गिरीले जिल्लामा धेरै पूर्वाधार निर्माणको काम भएपछि त्यो अझै सन्तुष्ट हुने गरी नभएको भन्दै आफ्ना अधुरा योजनाहरु पुरा गर्न एक पटक फेरी निर्वाचनमा उठेको बताउनुभयो ।
प्रदेश सभाका उमेदवार भक्त कुँवरले पनि एमालेले देखेको सम्बृद्ध नेपाल निर्माणको परिकल्पना साकार पार्न आफ्नो उमेदवारी रहेको बताएका थिए । कार्यक्रम टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । पर्बतन्युज बाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )