एजेन्सी/ भारत गुजरातको मोरबीमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ । मृत्यु हुनेमा २५ जना बालबालिका छन् । दैनिक भास्करका अनुसार मृतकमा महिला र ज्येष्ठ नागरिकको संख्या पनि बढी नै छ ।
समाचारमा जनाइएअुसार, १ सय ४३ वर्ष पुरानो पुल भत्किँदा ४ सय जना मच्छू नदीमा खसेका थिए । दुर्घटनामा परेकामध्ये १ सय ७० जनाको उद्धार गरिएको छ । भिडियो फुटेजमा देखिए अनुसार केहि व्यक्तिले पुल हाललाई रहेको देख्न सकिन्छ ।
हिजो साँझ साढे ६ बजे ७ सय ६५ फिट लामो तथा ४.५ फिट चौडा पुल भत्केको थियो । भारतमा बेलायती शासन हुँदै बनेको पुल ६ महिनायता मर्मतका लागि बन्द थियो ।
दुर्घटना हुनुभन्दा ५ दिनअघि २५ अक्टुबरमा उक्त पुल आमनागरिकका लागि खुला गरिएको थियो । आइतबार साँझ एकसाथ चार सय मान्छे भेला भएपछि दुर्घटना भएको हो ।
दुर्घटना हुँदाहुँदैको ३० सेकेन्डको भिडियो पनि सोसल मिडियामा भाइरल भएको छ । १५ सेकन्डमा पुल भत्केर मानिसहरू नदीमा खस्दै गरेको देख्न सकिन्छ ।
भिडियो :
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )