पर्वत, कार्तिक-८, आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतले घरदैलो अभियान र मतदाता भेटघाट कार्यक्रमलाई तिब्र पारेको छ । स्वतन्त्र पार्टी पर्वतले नयाँ र जुझारु अनुहारलाई यसपटक अवसर दिन मतदातालाई अपिल समेत गरेको छ ।स्वतन्त्र पार्टी पर्वतका प्रतिनिधिसभाका उम्मेदवार जलजला गाउँपालिका -६ ओखरेनी निवासी जाल बहादुर पुर्जा पुनले यसपटक पर्वतका जनताले नयाँ अनुहारलाई रोज्ने बताउनु भएको छ । धेरैपटक परिक्षण भैसकेका पुराना नेता र ति पुराना एजेण्डाले अव देश बन्न नसक्ने बताउदै आफुहरु देश बनाउने संकल्प सहित मतदाताको माझमा पुगेर प्रतिबद्धता जनाइरहेको बताउनुभयो ।
देशैभरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरूले धमाधम स्वतन्त्र पार्टीको चुनाव चिह्न लिएर मैदानमा उत्रिएको बताउँदै स्थापना भएको छोटै समय र संगठन विस्तारले नेता तथा कार्यकर्ता उत्साहित भएको जाल बहादुर पुर्जाको भनाइ छ । अहिले घरदैलो, खेतबारी , चोक र चौतारामा भेटिएका मतदाताहरुसंग पार्टीका प्राथमिकताका बारेमा जानकारी गराएकाले आर्कषण बढेको बताउनुभयो ।
पर्वतको उत्तरी भेग जलजला बासखर्कबाट आफ्नो चुनावी अभियान, मतदाता भेटघाट शुरुगरेको स्वतन्त्र पार्टी पर्वतको टोलीले मोदी, फलेबास लगायतका क्षेत्रमा कार्यक्रम सम्पन्न गरेको छ । चुनावी अभियानमा रहेका क्षेत्र बहादुर पुर्जाले अधिकांश मतदाता पुराना पार्टी, तिनका भाषण र कार्यशैलीप्रति आक्रोशित भएको बताउनुभयो । मुलुकमा अव केहिगर्न सक्छ भने युवाले सक्छ भन्दै धेरैले जालबहदुरलाई आशिर्बाद समेत प्रदान गरेको बताउनुभयो ।
पर्वतको जलजला गाउँपालिका -६ ओखरेनी निवासी जाल बहादुर पुर्जा पुन स्नातकोत्तर अध्ययन पुरागरेर शिक्षण पेशामा आवद्दरही ब्यबासियिक अनुभव समेत संगाली सकेका उर्जवाशील युवा हुनुहुन्छ । उहाँको उमेद्वारीले पर्वतका युवामा उत्साह थपेको छ । देश बिदेशमा रहेका युवा पोखरामा रहेका सालिजा निवासीहरु आफ्नो ठाउँले एक होनहार युवा उमेद्वार पाएकोमा अत्यन्तै गर्व गरेका छन् ।
तपाइंको उमेद्वारी किन त ? भन्ने सवालमा जाल बहादुरले भन्नुभयो “हामिले धेरैपटक अरुलाई जिताएर पठायौं, बहुदलीय व्यबस्थाको पुनर्स्थापना पछि भएका जतिपनि चुनावमा हामीले जिताएर पठाएका प्रतिनिधिले हाम्रा अपेक्षा के कति पुरा गरे त्यो हजुर हामीलाई जगजाहेर नै छ, त्यसैले पनि अव मुलुकमा नया विकल्पको खोजि भएको हो अझै भन्नुपर्दा लेकफाट सालिजाबाट अझै सम्म उमेद्वार नपाएको अबस्थामा समयको माग जनचाहना अनुसार मैले उमेद्वारे दिएको हुँ ” । उहाँले भन्नुभयो ” मलाइ धेरै जनाको समर्थन छ, मुख्य कुरा पर्वतबासी आमाबुवा दाजुभाई दिदीबहिनीहरुले मलाइ आशिर्बाद साथ् र त्यो भन्दा पनि ठुलोकुरा भरोशा गर्नु भएको छ।” साथै उहाँले भन्नुभयो यस पटक पर्वते जनताले घन्टी चिन्हमा मतदान गरेर युवालाई प्रतिनिधि बनाउने छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा भने उम्मेदवारी दिएको छैन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )