पर्वत, कार्तिक-८, आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पर्वत जिल्लामा नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरी र नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य अर्जुन जोशी वीच प्रतिस्पर्धा हुँदैछ ।
सत्ताधारी गठबन्धनको तर्फबाट जोशी एमालेका गिरीसंग चुनावी मैदानमा छन् । गिरी २०७४ सालको निर्वाचनमा सर्वाधिक मतान्तरले प्रतिनिधि सभामा विजयी युवा सांसद हुन् । उनले सांसदको भूमिकामा रहँदा पर्वत जिल्लाको विकास र सम्बृद्धिको आधार तय गरेका आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछन् । पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व स्ववियू सभापति समेत रहेका गिरी जिल्लाका लोकप्रिय नेता हुन् ।
जोशी यस अघिका ३ वटा निर्वाचनमा विजयी सांसद हुन् । उनी २०७४ सालमा चौथो पटकको निर्वाचनमा पराजय भोगका थिए । जोशी पाँचौ पटक चुनावी मैदानमा छन् । उनले गठबन्धनको भोटका कारण आफूले निर्वाचन जित्ने दावी गर्दै आएका छन् । जोशीले संविधानको रक्षाका लागि आफूलाई मत मागिरहेका छन् ।
चुनावी मैदानमा रहेका २ ठूला दलका उमेदवारहरु अहिले घर दैलो र चुनावी अभियानमा छन् । गिरीले आफूले देखेको सम्बृद्ध पर्वतको सपना पुरा गर्नका लागि मत मागिरहेका छन् भने जोशीले संविधान जोगाउनका लागि भन्दै मत मागिरहेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )