म्याग्दी, भदौ-२९, म्याग्दीको बेनी स्थित वेष्ट पोइन्ट विद्यालयले राष्ट्रिय स्तरको पुरस्कार जितेको छ । राष्ट्रिय बाल दिवस-२७९ को अवसरमा महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषदले आयोजना गरेको ” बाल अधिकार पर्बर्द्धनमा अभिभावको भूमिका” विषयक २ मिनेटको भिडियो प्रतियोगितामा वेष्ट पोइन्टले दोश्रो स्थान प्राप्त गरेको हो ।
देशभरबाट प्राप्त भएका भिडियोलाई छनोटगर्दै राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २९ गते एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरिएको हो । काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बिजेता विद्यालय लेखन र अभिनय गर्ने विद्यार्थीहरुलाई महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रि उमा रेग्मीले नगद २० हजार र प्रमाण पत्र प्रदान गर्नु भएको हो । विद्यालयको तर्फबाट पुरस्कार ग्रहण कार्यक्रममा कथा लेखन अभिनय गर्ने द्वय दीक्षित जिसी र नरदेवी भण्डारी उपस्थित भएका थिए ।
प्रतियोगितामा द्वितीय भएको भिडियोको कथा लेखन दीक्षित जिसीले गरेका थिए । त्यसैगरी उक्त भिडियोमा, अभिनय नरदेबी भण्डारी (कक्षा ९) बिशाल रिजाल (कक्षा १०), अनिश भण्डारी (कक्षा ८) बिबेक आचार्य (कक्षा ९) सन्दर्भ आचार्य (कक्षा १० ) र दीक्षित जिसी (कक्षा १० ) ले अभिनय गरेको विद्यालयले जनाएको छ । विद्यालयले भिडियो निर्माणमा सहयोग गर्ने शिक्ष्गक यशोदा जिसी, भाइस प्रिन्सिपल सरोज लकान्द्री लगायतलाई धन्यबाद दिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )