बाग्लुंग, भदौ-२८, बागलुङको गलकोट नगरपालिकाको वडा नं. ११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि ३ दिनका लागि बिद्यालय बन्द गरिएको छ ।
रिघामा ज्वरो आउने, रुघाखोकी, तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेकोले गलकोट– ११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय ३ दिनको लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले जानकारी दिनुभयो ।
विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसितभएपछि विद्यालय ३ दिनको लागि बन्द गरिएको उहाँको भनाई छ । गतहप्ता केही विद्यार्थी र शिक्षकमात्रै बिरामी रहेको र आइतबार २४ जना विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको बिकले बताउनुभयो ।
साबिक रिघा गाविसको वडा नं. १,२, र ४ वडामा बढी र वडा नम्बर ५ का केहीमा पनि संक्रमण देखिएको रिघा स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट लक्ष्मी घर्तिले बताउनुभयो । उहाँका अनुसार अहिले बिरामी लाई सामान्य औषधी दिने काम भईरहेको छ । श्रोत : धौलागिरि एफ एम
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )