म्याग्दी, भदौ-२०, नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि हरिकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ । सोमवार बसेको जिल्ला कमिटीको वैठकले नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य श्रेष्ठलाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभाको समानुपातिक तर्फ केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सह–ईन्चार्ज नरदेवी पुन र केपी अधिकारीको नाम सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष देवेन्द्र बहादुर कटुवालले जानकारी दिनुभयो ।
दुई कार्याकाल जिल्ला अध्यक्षको रुपमा रहेर पार्टीको नेतृत्व सम्हाल्नुभएको श्रेष्ठ विकासप्रेमी, सालिन र वौद्धिक नेताको रुपमा स्थापित हुनुहुन्छ । यसअघि भएका दुईवटा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउनका लागि श्रेष्ठले कुशलतापूर्वक नेतृत्व गर्नुभएको थियो । एमालेले सर्वसम्मत रुपमा प्रतिनिधि सभाको उम्मेदवार सिफारिस गरेकोमा कार्यकर्ताहरु समेत खुसि भएका छन ।
तर प्रदेशसभाका लागि भने क्षेत्र क र ख ले जिल्ला कमिटीमा सिफारिस गरेका २७ जनाकै नाम प्रदेश कमिटीमा सिफारिस गरिएको अध्यक्ष कटुवालले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )