पर्वत, भदौ-१५, आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि पर्वत काँग्रेसमा धेरैको दावी रहेको छ । पर्वत काँग्रेसले उम्मेदवार चयन प्रकृया शुरु गरी प्रदेश सभा क मा उम्मेदवारका लागि आव्हान गरिएकोमा २८ जना आकांक्षीले उम्मेदवारी दिएका छन् ।
प्रत्यक्षमा १० जना र समानुपातीकमा १८ जनाको नाम सिफारीस गरिएको हो । प्रत्यक्षमा उम्मेदवारका आकांक्षीमा नबराज गुरुङ, यामबहादुर मल्ल, रामशर्मा पौडेल, विप्लबजंग हमाल, कृष्णबहादुर खत्री , राजकुमार क्षेत्री, गंगाधर पौडेल, शिवशर्मा अधिकारी, रामबहादुर प्रसाई र बसन्तबहादुर सिके रहेका छन् ।
त्यसैगरी समानुपातीक उम्मेदवारमा डा. चुडामणी शर्मा, कुलबहादुर पुन, लेखनाथ पौडेल, प्रेम विक, मिना केसी, सोम पुन , सरस्वती शर्मा, रमेश पौडेल, जोगमाया प्रसाई, मिनबहादुर नेपाली, सिता काफ्ले लामिछाने, मिना कर्माचार्य, चन्द्रबहादुर जिसी, कलावती पुरी, बलभद्र शर्मा, लालकुमारी सिके, टंक सुवेदी र इश्वरी पाठकले क्षेत्रीय कमिटिमा आवेदन दिएका छन् ।
नेपाली काँग्रेस पर्वत क्षेत्र क ले मंगलवार १ बजेदेखि बुधवार १ बजेसम्म आवेदन दिन माग गरेको थियो । पर्बत समाचारबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )