जलजला, भदौ -१५, तिजको अवसरमा मल्लाजमा आयोजना गरिएको तीजगीत प्रतियोगितामा लालीगुराँस आमा समूह बासखर्क मलगाउँ प्रथम भएको छ । महिला चेतना केन्द्रले भदौ १४ गते हरितालिका तीजको अवसरमा मल्लाज कोट घरको प्रांगणमा प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा अमृत आदर्श प्याराडाइज एकेडेमीको समूह बि दोश्रो, राधाकृष्ण आमासमुह तेश्रो भएका हुन् ।
त्यसैगरी भर्तिमल आमासुमह लामाखेत र नमुना जिसीको समूह सान्त्वना भएका छन बिजेताहरुले क्रमश १५ हजार, १२ हजार ९ हजार र सान्त्वना हुनेले ३ हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा बिजेता र सभागीलाई प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले पुरस्कार प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा वडा नं ३ का अध्यक्ष योगेन्द्र केसीले मन्तब्य ब्यक्त गर्दै मल्लाजमा स्थापना भएको जनचेतना केन्द्रले महिला शसक्तिकरण र उत्थानका लागी आयोजना गर्दै आइरहेको विभिन्न कामको प्रशंशा गर्नु भएको थियो । त्यसैगरी प्रमुख अतिथि जलजला गाउँ पालिकाका अध्यक्ष राजु आचार्यले तीज गीत प्रतियोगितामा प्रतियोगीले गीतमार्फत प्रस्तुत गरेका दुख पिडा आक्रोशले भरिएका राजनीतिक, आर्थिक सामाजीक सुशाशन लगायतका विषयले जनप्रतिनिधिलाई सचेतरही जनमुखी कार्यगर्न खबरदारी गरेको बताउनुभयो । साथै उहाँले राज्यलाई मात्रै दोष देखाएर नागरिकले आफ्ना जिम्मेवारी र कर्तब्य समेत भुल्न नहुने बताउनुभयो ।
कार्यक्रममा प्रमुखले वडा नं २,३ र ४ संग समन्वय गर्दै महिला चेतना केन्द्रको लागी आवस्यक सामग्री खरिद गर्न १ लाख ५० हजार रुपैया उपलब्ध गराउने बताउनुभएको छ । कार्यक्रममा अमृत आदर्श प्याराडाइज एकेडेमीका प्रिन्सिपल इन्द्र अधिकारीले मन्तब्य व्यक्तगर्नु भएको थियो भने निर्णायक सदस्य डम्मर जिसी र बाबुराम पौडेलले तीज गीत प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रम महिला चेतना केन्द्रका अध्यक्ष शान्ति जिसीको अध्यक्षता, सचिव मिना केसीको स्वागत र संचालन सनिता कार्कीले गर्नु भएको थियो ।
सोहि अवसरमा हिमसुसेली युवा क्लवले कोटघर प्रांगणमा लाखे नाच समेत प्रदर्शन गरेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )