म्याग्दी, भदौ-८, क्षेत्री समाज नेपाल वडा कार्यसमिति ज्यामरुक कोटको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यसमिति बेनिनागरपालिका २ ज्यामरुककोट भकुन्डेमा नव निर्मित भवनको बुधबार एक कार्यक्रमा बीच देवकली घिमिरेले उद्घाटन गर्नु भएको हो । भवन उद्घाटन कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य अमृतादेवी बानियाको समेत उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा कोषाध्यक्ष भिम बहादुर पौडेलले भवन निर्माणको आर्थिक गतिबिधि प्रस्तुत गर्नु भएको थियो। भवन निर्माणका लागी १३ लाख ४९ हजार ३ सय रुपैया खर्च भएको हो भवनको लागी भएको सम्पूर्ण खर्च चन्दाबाट संकलन भएको कोषाध्यक्ष पौडेलले बताउनुभयो। चन्दा संकलनबाट जम्मा भएको रकम १७ लाख ३९ हजार ७३ रुपैया मध्ये मध्ये ३ लाख २९ हजार ७ सय ५२ रुपैयाँ बाकि (बचत ) रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा ब्राह्मण समाज म्याग्दीका अध्यक्ष हरी प्रसाद शर्मा, सामाजिक व्यक्तित्व टिकाबहादुर कार्की, बेनी नगरपालिका -२ का निबर्तमान अध्यक्ष हिरा बहादुर थापा, नेकपा एमाले बेनी नगर कमिटिका इन्चार्ज डम्मर बहादुर सापकोटा, संस्थापक अध्यक्ष रामकृष्ण घिमिरे, वडा नं २ का अध्यक्ष याम बहादुर केसी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
क्षेत्री समाज नेपाल म्याग्दीका पुर्व अध्यक्ष मिन बहादुर कार्कीले क्षेत्री समाज स्थापना गर्नुको उदेश्य बारे बोल्नु भएको थियो । त्यसैगरी क्षेत्री समाज नेपाल म्याग्दीका अध्यक्ष लक्ष्मी कुमारी कार्कीले क्षेत्री समाजाले क्षेत्री जातलाई मात्रै नभएर जात-जातीबिच सद्भाव कायम राख्ने कुरा बताउनुभयो ।
कार्यक्रम क्षेत्री समाज नेपाल वडा कार्यसमिति -२ बेनीका अध्यक्ष दिल बहादुर कार्कीको अध्यक्षता, क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य अमृता देवी बानियाको प्रमुख आतिथ्यता, वडा कार्यसमितिका उपाध्यक्ष गुमान सिंह खड्काको स्वागत र सचिव शिवकुमारी खत्रीको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )