उपाधी विजेता एभग्रीनले नगद ८५ हजार ५५५ रुपैयाँसहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी, दोस्रो हुने मालिका युवा क्लवले नगद ४५ हजार ५५५ रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा विजेता र उपविजेतलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्ग ( दिपक मनाङ्गे) र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले ट्रफी सहितको पुरस्कार वितरण गर्नुभएको थियो ।
त्यस्तै, प्रतियोगितामा आयोजक एभरग्रीन युवा क्लवका कमल थापा मगर उतकृष्ट खेलाडी, आशिष गुरुङ उतकृष्ट डिफेन्डर, सन्दिप शेरपुञ्जा उतकृष्ट कोच, निशान राम्जाली उतकृष्ट गोलरक्षक, मनिष श्रेष्ठ धेरै गोल गर्ने खेलाडी र मालिका युवा क्लवका राहुल थापा वेष्ट मिल्डफिल्डर घोषित भएका थिए । उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
भदौ १ गतेदेखि ४ गतेसम्म संचालन गरिएको प्रतियोगितामा २७ टिमको सहभागिता रहेको थियो। मन्त्री गुरुङले एभरग्रीन युवा क्लवलाई ५० हजार रुपैयाँ र जिल्लास्थित विभिन्न क्लवलाई खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कोरोलापोष्टबाट