पर्वत, साउन-२८, पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भंगरामा रहेको पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं. ५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर ज्यान गएको हो ।
उहाँ कार्यरत गणबाट बिदामा घर आउनुभएकाे थियाे । साथीहरुसँग पर्वतकाे भंगरामा पर्ने जलजला घुम्न गएकाे बेला शुक्रबार पाेखरीमा डुबेर ज्यान गएको हो । त्याे ठाउँ स्याङ्जा र पर्वतको सीमा क्षेत्रमा पर्छ । दिउँसो ४ बजेको समयमा पोखरीमा डुबेर बेपत्ता भएका सापकोटाको साँझ ६ बजे मात्रै शव निकालिएको थियो । अहिले शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको छ ।
परिवार सम्पर्कमा आएपछि मृतकको शव पोष्टमार्टम गरी प्रहरीलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले बताउनुभयो । उज्यालोबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )