विश्वभर मोबाइल फोन निर्माण गरेर पठाउँने चीनले आफ्ना स्कुले विद्यार्थीमाथि मोबाइल फोन बोक्न प्रतिबन्ध लगाएको छ । चीनको शिक्षा मन्त्रालयले प्राथमिक र माध्यामिक विद्यालयका विद्यार्थीलाई मोबाइल बोक्न रोक लगाएको हो ।
इन्टरनेट र गेमको लत छुटाएर विद्यार्थीको ध्यान पढाइमा केन्द्रीत गराउन यस्तो कदम चालिएको चीन सरकारले जनाएको छ । कुनै विद्यार्थीले मोबाइल विद्यालयमा ल्याउनै पर्ने भए अभिभावक र विद्यालयको पूर्वस्वीकृति लिनु पर्नेछ ।
अर्कोतिर कक्षामा हुँदा फोन विद्यालय प्रशासनलाई बुझाउनु पर्नेछ । चीन सरकारका अनुसार यो प्रतिबन्ध तत्कालै लागू हुनेछ । मन्त्रालयको निर्देशनमा विद्यार्थीको भौतिकदेखि मानसिक स्वास्थ्यको रक्षा गर्न यो कदम चालिएको उल्लेख छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )