सेवाग्राहीसँग मोटो रकम लिएर लाइसेन्स बनाइदिने एक ड्राइभिङ सेन्टरका सञ्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङग्जा वालिङ नगरपालिका १ स्थायी घर भई हाल जिल्ला पोखरा १४ चाउथेस्थित मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्रालिका सञ्चालक ४९ वर्षीय खगेन्द्रप्रसाद काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
गत बिहिबार उनको साथबाट प्रहरीले विभिन्न व्यक्तिका कागजपत्र, लाइसेन्स ९३ थान, विभिन्न नमूना प्रश्नपत्र, नगद र मोबाइल बरामद भएको प्रवक्ता हमालले जानकारी दिए ।
काफ्ले विरुद्ध ठगी सम्बन्धी कसुर अन्तर्गत दिन १० म्याद थप गरि अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ । पछिल्लो समय पोखरामा सवारी चालक अनुमति पत्र बनाउने दलालहरुको विगविगि बढेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )