कालीगण्डकी प्रसारण लाइन करिडोर सवस्टेसनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओली जुम भिडियो सप्टवयर मार्फत गर्ने भएका छन् ।
माधव-प्रचण्ड समुहको बन्दका कारण आज पर्वत आउन नसकेका ओलीले अनलाईन मार्फत नै विद्युत प्रसारण लाइनको उद्घाटन गर्न लागेका हुन् । यस अघि उनी पर्वत आउने कार्यक्रम तय भएको थियो।
सवस्टेशनअन्तर्गतको लाइन निर्माणका सबै काम सम्पन्न भएपछि परीक्षण भइरहेको र हाल सम्मका विभिन्न चरणका परीक्षण पनि सफल भएपछि प्रधामन्त्री ओलीले उक्त योजनाको उद्घाटन गर्ने भएका हुन् ।
राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको स्टेशनमा विद्यत प्रसारणका लागि पर्वतको तल्लो मोदी १ सय ३२ केभी प्रसारण लाइनमा प्राविधिक जाँचलगायतका सम्पन्न भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )