कोरोना संक्रमणका कारण बन्द भएका पर्वत जिल्लाका होमस्टे (घरबास) सेवाहरु सञ्चलनमा आएका छन् । गत चैत महिना देखि कोरोना संक्रमणका कारण (घरबास) सेवाहरु पूर्ण रुपमा बन्द थिए । संक्रमणका कारण बन्द भएका होम स्टेहरुको सेवा माघ महिना देखि सञ्चालनमा आएका हुन् ।
पर्वत जिल्लामा मुख्यगरी जलजला गाउँपालिकाको फलामेडाडा, बासखर्क त्यसैगरी मोदी गाउँपालिकाको चित्रे, भुकदेउराली, देउराली लगाएतका स्थानमा होम स्टे सेवाहरु सञ्चालनमा छन् । आन्तरीक पर्यटकहरुका कारण खचाखच हुने होमस्टे झण्डै १० महिना पछि सञ्चालनमा आएका हुन् । होम स्टे संचालनमा आएपछि अन्तारिक पर्यटकहरुको चहलपहल बढेको छ ।
जिल्लाका सवैजसो होमस्टेहरु सञ्चालनमा आएका छन् । यो संगै आन्तरीक पर्यटकहरु होमस्टेमा बास बस्नका लागि भित्रिन शुरु गरेका छन् ।संक्रमणको जोखिम कायमै रहकोले सुरक्षाका मापदण्ड र उपायहरु भने अपनाइएको होम स्टे संचालाकहरुले बताएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )