बागलुङ,असार-९, बागलुङ नगरपालिकाले स्थानिय रुपमा उत्पादन गरिने मदिरालाई स्वास्थ्य मापदण्ड पुरागरी गुणस्तरीय उत्पादन, व्राण्डिङ्ग र वजारीकरण गर्न भएको छ । नगरपालिकाको आव ०७९।०८० को निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले स्थानिय रुपमा उत्पादन हुने मदिराको ब्राण्डिङ्ग र बजारीकरण गरिने बताएका हुन् ।
उनले सवै स्वास्थ्यका मापदण्ड पुरा गरी उत्पादन गरिएको मदिरालाई गुणस्तर मापन गरी बजारीकरण गर्ने निति तथा कार्यक्रममा समावेश गरिएको बताएका छन । नगरपालिकाले विशेष गरेर दिगो भौतिक पूर्वाधार निर्माण, पर्यटन पूर्वाधारको विकास, वातावरण संरक्षण, नगरवासीको आर्थिक, सामाजिक, साँस्कृतिक उन्नती, सुशासन र संस्थागत विकासलाई मुख्य प्राथमिकता दिइ कार्यक्रमहरु अगाडी ल्याएको छ ।
नगरपालिकाले कृषि क्षेत्र तर्फ कृषिलाई उद्यम, कृषकलाई उद्यमी गराउने, बागलुङ नगर कृषि गाडी संचालनमा ल्याउने, फुड फरेष्ट कार्यक्रम संचालन गर्ने, जग्गाधनी र कृषकलाई जोडौ, जमिन बाझो नछोडौ र दुध, अण्डा, मासु र तरकारी, आत्मनिर्भर बागलुङ नगरी रुपमा विकास गर्ने कार्यक्रम अगाडी सारेको छ । निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र तर्फ बागलुङ नगरी, स्वास्थ्य संस्थामा डेलीभरी, जेष्ठ नागरिकको सेवा, स्वास्थ्य उपचारमा टेवा, नगर प्रमुख विपन्न नागरिक स्वास्थ्य सहायता कोष लगायतका कार्यक्रम अगाडी सारेको छ
भौतिक पुर्वाधार तर्फ सबै वडाहरुको सन्तुलित विकास हुनेगरी एक वडा एक नमुना पुर्वाधार विकास कार्यक्रम संचालन गर्न मुलपानी–ढिकीचौर–तितौर सडकलार्ई भित्री चक्रपथ र मालढुङ्गा, नारायणस्थान, पैयुपाटा, अमलाचौर, रायडाडा, सिगाना र खहरेलाई वाह्य चक्रपथको रुपमा विकास गर्ने र पर्यटन प्रवर्धनका लागि भैरवस्थान, मुलावारी, भकुण्डे, रायडाडा, वौडेचौर, गाजादह क्षेत्रमा साईकल मार्गको निर्माण गर्न पहलको काम अगाडी बढाउने कार्यक्रम अगाडी सारेको छ । निति तथा कार्यक्रममा अधिकाशं कार्यक्रम नयाँ रहेका छन । पिपुल्स खबरबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )