बेनी, जेठ-२१, म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्ट विद्यालय जिल्लास्तरीय नृत्य प्रतियोगितामा प्रथम भएको छ । म्याग्दी जेसिसले जेठ २१ गते आयोजना गरेको १८ औं अन्तर मावि लोक नृत्य प्रतियोगितामा वेष्ट पोइन्ट प्रथम भएको हो । त्यसैगरी प्रतियोगितामा बेनी आवासीय मावि दोश्रो, बेनी सामुदायिक माविको नृत्यलाई उत्कृष्ट (पब्लिक चोइस) घोषित गरिएको छ ।
नेपाल भाषा मंकाखलको हलमा भएको प्रतियोगितामा वेष्ट पोइन्ट आवासीय माविले बिजयी हासिल गर्दा लगातार चौथो पटक प्रतियोगिता जितेको हो । सो स्कुलले यसभन्दा अघि लगातार ३ पटक रनिंग शिल्ड जितिसकेको छ ।
प्रतियोगितामा पहिलो दोश्रो उत्कृष्ट हुनेले क्रमश १० हजार ६ हजार ५ सय , ३ हजार नगद तथा रनिंग शिल्ड र ट्रफी प्रदान गरिएको छ । म्याग्दी जेसिसले जिल्लामा विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता र जेसिस कप फुटवल प्रतियोगिता जस्ता कक्षा १० सम्मका विद्यार्थी लक्षित उत्कृष्ट प्रतियोगिता गर्दै आइरहेको छ ।
जेसिस सप्ताह अन्तर्गत म्याग्दी जेसिजले जेठ १५ गते जेसिज कार्यालयमा उद्घाटनसंगै सुरुगरेको थियो । १६ गते निशुल्क दन्त परिक्षण, १७ गते राष्ट्रिय झण्डा अनावरण, १८ गते जेसिजगाउँ पुलाचौरमा निःशूल्क आँखा परिक्षणा, १९ गते सार्वजनिक भाषणकला तालिम, २० गते जनप्रतिनिधीलाई मेरो सुझाव र २१ गते १८ औं अन्तर मा.वि. लोकनृत्य प्रतियोगिता आयोजना गर्दै साप्ताहिक कार्यक्रम समापन गरेको हो ।
बिजयी भएको नृत्य
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )