जलजला, जेठ-१९, जलजला- २ स्थित समाज कल्याण प्राथमिक विद्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा विद्यालयलाई एक स्मार्ट टिभी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका पुर्व शिक्षक लक्ष्मी केसी ज्युबाट उहाँका साथि इमाडोल ललितपुर निवासी शंकर भट्टचन र चित्रा भट्टचनद्वारा विद्यालयलाई प्रदान गरिएको ३२ इन्चको स्मार्ट टिभी विद्यालयलाई प्रदान गरिएको हो ।
त्यसैगरी विद्यालयमा जलजला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजु आचार्य र डा नं २ का अध्यक्ष प्रकाश जिसी र वडा नं ८ का अध्यक्ष हरिबिकास जिसीलाई स्वागत सम्मान गरिएको छ । जलजला गाउँ पालिकाका नव निर्वाचित अध्यक्ष आचार्य, वडा नं ८ का अध्यक्ष हरिबिका जिसी र जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्री जलजलाका सम्पूर्ण विद्द्यालायाको शैक्षिक गतिबिधिकोआलोकन गर्ने अभियानमा आज समाज कल्याण प्राविमा पुग्नु भएको अवसरमा संयुक्त रुपमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा पुर्व शिक्षक लक्ष्मी केसी नव निर्वाचित अध्यक्ष राजु आचार्य, जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं कार्यक्रममा विशिष्ट अतिथि राजेन्द्र बहादुर क्षेत्री वडा नं २ का अध्यक्ष प्रकाश जिसी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम विद्यालय ब्यबस्थापन समतिका सदस्य कमल बोहराको अध्यक्षता, जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य, जलजला गाउँ पालिकाका प्रमुख प्रशाशकिय अधिकृत राजेन्द्र बहादुर क्षेत्री, वडा नं २ का अध्यक्ष प्रकाश जिसी र वडा नं ८ का अध्यक्ष हरिबिकास जिसीको विशिष्ट आतिथ्यता, विद्यालयका प्रधानाध्यापक डम्बर जिसीको स्वागत र इन्द्र बहादुर विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )