म्याग्दी, बैशाख-७, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिले ३२ औं स्थापना दिवस मनाएको छ । संगठनले स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरेर बेनी अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवालले निजामती कर्मचारी भनेका स्थायी सरकार भएको बताउदै जनताको सेवामा पारदर्शी भएर लागिरहनु पर्ने बताउनुभयो । उहाँले जिल्ला कार्यसमिति म्याग्दीले गरेको सृजनात्मक कार्यक्रमको प्रसंशा समेत गर्नु भयो ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियन म्याग्दीका अध्यक्ष चन्द्रमणि सापकोटाले नेपाल निजामति कर्मचारी संगठन नेपालको कर्मचारी प्रशासनमा सबैभन्दा पहिलो संगठन भएको बताउदै २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना पछिको उपलब्धि भएको बताउनुभयो । उहाँले नेपालमा ८०देखि ८५ हजार निजामति कर्मचारी रहेकोमा कर्मचारी संगठनमा मात्रै ४० हजार कर्मचारे आबद्द भएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चित्रनाथ आचार्य, स्वास्थ्यकर्मी संघ म्याग्दीका उपाध्यक्ष याम बहादुर थापा, नेपाल निजामति कर्मचारी संगठनका पुर्व केन्द्रीय सदस्य एबम सल्लाहकार साधना श्रेष्ठ, लक्ष्मी मल्ल, प्रकाश सुबेदी पदम भण्डारी, भोलानाथ आचार्य, बेनी अस्पतालका प्रमुख जितेन्द्र कंडेल, संचारिका समुहका अध्यक्ष एवं प्रेस चौतारी म्याग्दीका महिला उपाध्यक्ष देवी जिसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन म्याग्दीका अध्यक्ष सोम बहादुर केसीको अध्यक्षता, सचिव सागर सुबेदीको संचालन र भोलानाथ आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )