काठमाडौँ, चैत-२३, नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले बढाएको हो। अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ।
निगमले बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने जनाएको छ। आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो। यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो। थाहा खबरबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )