१२ चैत २०७८, शनिबार
देवि जिसी, पर्वत ।
क्रियटिभ युथ ग्रुपले कोभिड १९ को महामारीका बेला सहयोग पुर्याउने ब्यक्तीलाई सम्मान गरेको छ ।आज (शनिबार) जलजलाको मल्लाजमा एक कार्यक्रमको आयोजना गरी कोरोना महामारीका समयमा युथ ग्रुपको अभियानलाई सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान र ग्रुपका गतिबिधि सार्वजनिक गरेको हो । जलजलाका युवाहरुले कोरोना महामारीका बेला राजु प्रसाद आचर्यको संयोजकत्व र नविन जिसीको ब्यबस्थापनमा जलजला युथ ग्रुप गठन गरी उत्कृष्ट कार्य गरेको थियो ।
कोरोना संक्रमणको त्रास हुदा हुदैपनि ७५० जना बिरामीको उपचारमा सहयोग, कोरानाका कारण ज्यान गुमाउनेहरुको शव ब्यबस्थापन, स्वास्थ्य-सुरक्षाका सामाग्री (मास्क, स्यानितैजर, पन्जा, औषधि लगायत) वितरण गरेको थियो । जलजला युथ ग्रुपको यो स्वयंसेवी कार्यलाइ विभिन्न व्यक्तिले सहयोग समेत गरेका थिए ।
कार्यक्रममा युथ ग्रुपले संचालन गरेको अभियानका क्रममा संकलन भएको आर्थिक विवरण समेत सार्वजनिक गरिएको हो । अभियानमा बचत भएको एक लाख रुपैया धन बहादुर जिसी स्मृति प्रतिष्ठानलाइ हस्तान्तरण गरेका छन् भने स्वास्थ्य सामाग्री मल्लाज हेल्थ पोस्टलाइ, एक स्टिल दराज जिसी हललाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कृष्ण केसीले राजनैतिक रुपमा जे जस्तो आस्था भएपनि विपतको समयमा युवाले गरेको कामको प्रसंसा गर्नु भयो । त्यसैगरी संयोजक राजु प्रसाद आचार्यले युवामा भएको जोश जाँगरले आर्थिक संकलन गरेर ठुलो त्रास हुदा हुदै पनि जलजला क्षेत्रमा गरेको सहयोग महत्वपुर्ण भएको बताउनुभयो ।
कार्यक्रम युथ ग्रुपका संयोजक राजु आचार्यको अध्यक्षता, कृष्ण केसीको प्रमुख आतिथ्यता, कुशल जिसीको स्वागत र ब्यबस्थापक नबिन जिसीको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )