काठमाडौँ, चैत-३, सरकारी छाप किर्ते गरेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ १२ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं सामाखुशी बस्ने बाग्लुङ,नगरपालिका-८ घर भएका ३० वर्षीय रञ्जित कार्की, काठमाडौं मनमैजु बालाजु बस्ने म्याग्दी बेनी नगरपालिका-५ घर भएका ३३ वर्षीय रामजी परियार, काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ललितपुर महांकाल घर भएकी ३६ वर्षीया गोमा बजगाई, काठमाडौं गोंगबु मिलन टोल बस्ने पाल्पा पूर्व खोला गाउँपालिका-५ घर भएका ३३ वर्षीय जिवन कुमार श्रेष्ठ, लगायत १२ जना रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू ४ थान, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थान समेत बरामद गरेको छ ।
पक्राउ परेका सबैमाथि किर्ते गर्न नहुने कसूर मुद्दामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )