म्याग्दी, फागुन-२८, म्याग्दीका लोकप्रीय लोक तथा दोहोरी गायक रवि कार्कीको नयाँ लोक दोहोरीगीत बजारमा आएको छ । मौलिक लय र शव्दमा रहेको “साईली सलक्कै” बोलको गीतको म्युजिक भिडियो विहिबार रवि कार्कीको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीत, बादन अभिनय लगायताका विधामा अब्बल कलाकार कार्की र पछिल्लो समयकी चर्चित लोक दोहोरी गायीका शान्तिश्री परियारको सुमधुर स्वरमा रहेको गीत गण्डक क्षेत्रतिर निकै प्रचलित पुरानो मौलिक भाका तथा थेगोलाई टपक्कै टिपेर शव्दहरु परिमार्जित गर्दै गीत बजारमा ल्याएको गायक रवि कार्कीले बताए । गीतको शब्द म्याग्दी भिरमुनी घरभई हाल जापानमा रहनुभएका लोकप्रीय सर्जक प्रविण खत्री ठूलेले गीतको शव्द सृजना गरेक हुन् ।
गायक कार्की जिल्लामै रहेर राष्ट्रिय स्तरको कलाकारको पहिचान बनाउन सफल कलाकार हुन् । उनले गाएका जाम सुस्तै बोलको लोक दोहोरी गीत करोड कल्वमा प्रवेश गरको छ भने माया के रैछ, बेनी बजार झर मायालु, गलेश्वरको दर्शन लोक भजन लगाएतका गीतहरु चर्चामा रहेका छन ।
यस अघिका गीतहरुले जस्तै साईली सलक्कैले पनि सवै श्रोता दर्शकको अथाह माया पाउने अपेक्षा गर्नुभएका गायक कार्कीले आफु निरन्तर गीत संगीतमै रहने बताउनुभएको छ ।
भिडियो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )