म्याग्दी, फागुन-१, सुदिप रावल स्मृति कोषले बेनीमा १३ औं स्मृति दिवस मनाएको छ । कोषले राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालमा संचालन गरेको कक्षा १२को बोर्ड परीक्षामा म्याग्दी जिल्लामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाइ सम्मान, युवा क्लवलाई खेलकुद सामाग्री प्रदान र आगलागी पिडितलाई आर्थिक सहयोग गरेर स्मृति दिवस मनाएको हो ।
कक्षा १२को बोर्ड परिक्षामा म्याग्दी जिल्लामा सबैभन्दा धेरै जिपिए (३.६२) ल्याउने माउन्ट एभरेष्ट आवासीय माविका शसांक श्रेष्ठ, दोश्रो धेरै जीपीए (३.५७) प्राप्त गर्ने न्यु वेष्ट पोइन्ट आवासीय माविका निरन्जन जिसी र तेश्रो धेरै जीपीए (३.५४) प्राप्त गर्ने न्यु वेष्ट पोइन्ट आवासीय मावि कै सुष्मा बिकलाई नगद र सम्मान पत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पुर्व सामाजिक बिकास मंत्री नरदेबी पुनले नगद तथा सम्मान पत्र प्रदान गर्नु भएको हो । पहिलो दोश्रो र तेश्रो धेरै जीपीए प्राप्तगर्ने उनीहरुलाई नगद ६ हजार, ३ हजार ५ सय र २ हजार ५ सय प्रदान गरिएको छ । त्यसैगरी बेनी नगरपालिका ८ वटा वडाका २२ वटा क्रियाशील युवा क्लवहरुलाई खेलकुद सामाग्री र बेनी नगरपालिका वडा नं ६ का अग्नि पिडित सुष्मा खत्रीलाई नगद ७ हजार प्रदान गरिएको छ ।
कार्यक्रममा कोषका अध्यक्ष सन्तोष रावलले कोष मार्फत विद्यालयका विद्यार्थी, खेलकुद गतिबिधि, आर्थिक सहयोग लगायतका कार्यहरुमा सहयोग गरिएको बताउनुभयो । उहाँले अहिले कोषको रकम २ लाख ५० हजार रहेको र यसलाई ५ लाख पुर्याउने समेत बताउनुभयो । आजै स्मृति दिवसको अवसर पारेर रत्नेचौरका कृष्ण बहादुर रावलले ३० हजार सहयोग प्रदान गर्नु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर कटुवाल, कोषका सल्लाहकार, कृष्ण बहादुर थापाले बोल्नु भएको थियो । त्यसैगरी कोषका सदस्य हरिकृष्ण गौतमले संस्थाको गतिबिधिका बारेमा जानकारी गराउनुभएको थियो । विसं २०६५ साल फागुन १ गते मोटर साइकल दुर्घटनामा परेर कलिलै उमेरमा ज्यान गुमाएका सुदिप रावलको स्मृतिमा कोष स्थापना गरिएको हो ।
कार्यक्रम कोषका अध्यक्ष एवं स्वर्गीय सुदिप रावलका दाजु सन्तोष रावलको अध्यक्षता, गण्डकी प्रदेशका पुर्व सामाजिक बिकास मंत्री नरदेवी पुनको प्रमुख आतिथ्यता कोषका उपाध्यक्ष टेक बहादुर रावलको स्वागत र सचिव बिक्रम बोगटीको संचालनमा सम्पन्न भएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )