बेनी, पुष-२६, नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र कटुवाल निर्वाचित भएका छन् । शुक्रबार देखि म्याग्दी सदसमुकाम बेनीमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट कटुवाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । रघुगंगा गाउँपालिका–२ राखु निबासी नेता कटुवाल एमाले म्याग्दीको यस अघिको जिल्ला कमिटिमा उपाध्यक्ष थिए । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख समेत रहनुभएका कटुवाल एमालेको पाका र बौद्धिक नेताका रुपमा परिचित छन् । उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरज केसी, र उपसिचवमा थमसरा पुन र राजकुमार थापा रहेका छन् ।
अधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार सचिव बालकृष्ण सुवेदीले अध्यक्षमा कटुवाललाई नै समर्थन गरेपछि अध्यक्षमा सर्वसम्मत रुपमा कटुवाललाई चयन गरिएको नेकपा एमाले बेनी नगर कमिटीका अध्यक्ष नारायण जिसीले बताए । गुट फुट र अराजकताको अन्त्य गरौँ,सवल, सुदृढ र एकतावद्ध पार्टी निर्माण गरौँ भन्ने मूल नारा सहित आयोजित नवौँ जिल्ला अधिवेशनमा शनिबार देखि सुरु भएको बन्द सत्रमा सहमतिबाटै जिल्लाको नेतृत्व चयन गरिएको नेकपा एमालेले जनाएको छ । एमाले म्याग्दीको ९० सदस्यीय नेतृत्व चयनका लागि पदाधिकारी ५, भूगोल ३१, दलित ७, मजदुर २, मुस्लिम १, जनजाति १३, खुला ३०, अन्यतर्फ १ जना समेत सर्वसम्मतिले चयन गरिएको छ । अधिवेशनका लागि सल्लाहकार परिषद, जिल्ला तथा पालिका कमिटी, वडा र जनवर्गीय सङ्गठनबाट गरी कुल ५ सय १० जना प्रतिनिधिहरु सहभागी थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )