म्याग्दी, पुष-२४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले नेपाली कांग्रेस थोत्रो पार्टी भएकाले एमालेसँग तुलना नहुने बताउनुभएको छ । ‘गुट, फुट र अराजकताको अन्त्य गरौं, सबल सुदृढ र एकताबद्ध पार्टी निर्माण गरौं’ भन्ने मूल नारासहित एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनलाई आज (शुक्रवार) बेनीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रतिनिधि सभा सदस्य समेत रहनुभएका एमाले केन्द्रीय सदस्य थापाले भन्नुभयो, ‘एमालेले गर्न नसकेको काम अब कुनै पनि पार्टीले गर्न सक्दैनन् । जनजीविकाको सवालमा । राष्ट्रियताको सवालमा । पूर्वाधारको क्षेत्रमा । विभिन्न संरचनाहरु निर्माण गर्ने सवालमा । आइटी भित्र्याउने सवालमा । विभिन्न प्रविधिहरुलाई प्रयोग गर्ने सवालमा । तपाईँहरुले प्रश्न गर्नुस्, नेपाली कांग्रेसलाई । हाम्रो पनि महाधिवेशन भयो चितवनमा । हामीले दशौं लाख मानव सागर उतारेर भव्य उद्घाटनसत्र गरेर बन्दसत्र ग¥यो । त्यहाँ हाम्रो पनि भोटिङ भएको थियो । हामीले हाईटेक प्रविधि प्रयोग गरी भोटिङ मेसिनमा भोटिङ गरेर दुई घण्टामा हामीले मतपरिणाम सार्वजनिक ग¥यौं ।’
‘प्रविधिको प्रयोगमा एमालेसँग कांग्रेसको तुलना हुन्छ ? उहाले प्रश्न गर्नुभयो । आफ्नो महाधिवेशनमा कांग्रेसले के ग¥यो । हिलट्याङ्क प्रयोग ग¥यो । ठूल्ठूला हजार लिटरका । त्यहाँ मतपत्र खसाएर एउटा भोट हाल्न एक घण्टा लगाउने । परिणाम आउन कति समय लाग्यो ? मंसिर २४ गते महाधिवेशन सुरु भएको कांग्रेसको पुस ७ गते बल्ल मतपरिणाम आएको थियो । अनि नेपाली कांग्रेससँग एमालेको तुलना कसरी हुन्छ ?’ त्यसैले नेपाली कांग्रेस थोत्रो भैसक्यो । कांग्रेसभन्दा एमाले धेरै अगाडि छ, केन्द्रीय सदस्य थापाले भन्नुभयो ।
नेकपा एमालेसँग कुनै पनि पार्टीको तुलना हुन नसक्ने बताउँदै केन्द्रीय सदस्य थापाले एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न नसकेपछि कांग्रेस, माओवादी र अन्य दलहरुले गठबन्धन बनाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमालेले चुनावमा हार्नुहुँदैन । हार्न पनि जानेको छैन । एमालेले चुनावमा हा¥यो भने यो देशले हार्छ । नेपाली जनताले हार्छन्, त्यसैले एमालेले जित्नुको विकल्प छ्रैन ।’
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )