काठमाडौँ, पुष-२३, प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन राज्यका निकायलाई निर्देशन दिएका छन्। नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड-१९ निर्देशक समितिको बैठकमा प्रधानमन्त्रीले राज्यका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन्। बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको छ।
‘नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता हुन्छ। जीवन रक्षा गर्नका लागि आवश्यक हरेक प्रकारको तयारीमा रहनुस्,’ प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भनिन्,‘तयारीमा कुनै कसर बाँकी नराख्नुस्। खोप सबैलाई उपलब्ध गराउनुपर्छ।’
प्रधानमन्त्रीले स्कूल, कलेजदेखि विभिन्न ठाउँमा खोप केन्द्र स्थापना गरेर खोप अभियान नै चलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीले स्वास्थ्य सामग्रीदेखि अन्य आवश्यक सामग्रीको पनि पूर्वतयारी गर्नुपर्ने बताएका छन्।
एकैदिन २४ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएपछि निर्देशक समितिको बैठक बोलाइएको थियो। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंह तथा वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेत सहभागी थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मात्रै २४ जनामा ओमिक्रोन संक्रमण देखिएको जनाएको छ। मन्त्रालयका अनुसार देशभरिबाट नमूना संकलन गरेर जिन सिक्वेन्सिङ गर्दा उनीहरुमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )