बेनी, पुष-१, बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माविले २९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरी व्भिभावक शिक्षकहरुको उपस्थितिमा विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न पुरस्कार सम्मान प्रदान गरेको छ । कार्यक्रमका अवसरमा विद्यालय र कलेजका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए । अभिभावक दिवसको अवसरमा अभिभावकहरुले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए । विद्यालयले वेष्ट पोइन्टबाट विद्यालय पुरागरी विभिन्न विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधी हासिलगर्ने विद्यार्थीहरुलाई वेष्ट पोइन्ट सम्मानद्वारा सम्मान गरेको छ।
त्यसैगरी मंटेसरीदेखि कलेज सम्मका विशिन्न कक्षा र तहगत रुपमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ । वेष्ट पोइन्ट कलेजबाट वर्ष २०७७ मा स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई ग्राजुएसन अवार्ड प्रदान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको कक्षा १२ को बोर्ड परीक्षा र SEE मा उत्कृष्ट नतिजा ल्याउने वर्ष २०७६ र २०७७ का विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ ।
कर्यक्रममा लामो समयसम्म विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई दिर्घसेवा सम्मान प्रदान गरेको छ । जसमा १० वर्ष, १५ वर्ष र २० वर्ष अनवरत सेवा गर्ने शिक्षक तथा कर्मचारी सम्मानित भएका छन् । २० वर्षे सम्मान प्राप्त गरेका शिक्षक मनोज खड्काले विद्यालयले प्रदान गरेको शुरक्षा र सुविधाका कारण निजि संस्था भए पनि निरन्तर कामगर्ने बाताबरण मिलेकोले लामो समयसम्म शिक्षक कर्मचारी टिक्न सकेको बताउनुभयो । १० बर्षे सम्मानबाट १० जना, १५ बर्षे सम्मानबाट १ जना र २० बर्षे सम्मानबाट २ जना शिक्षक सम्मानित भएका छन् । त्यस्तै कार्यक्रममा अभिभाबक, आन्तरिक र बाह्य प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीहरु समेत सम्मानित भएका छन् ।
कार्यक्रममा संस्थाको प्रतिबेदन प्रस्तुत गर्दै प्रिन्सिपल डीबी दाहालले वेष्ट पोइन्ट एक फरक विद्यालय भएको र हरेक विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्फुटन गर्न सक्ने वातावरण विद्यालयमा भएको बताउनुभयो । उहाँले आफुले विद्यालयको कक्षाकोठाबाट विद्यार्थीहरुलाई बाहिर निकालेर प्रयोगात्मक सिकाइलाई जोड दिइने र प्रविधि सहितको “बुकलेस कक्षा” बनाउने जानकारी गराउनुभयो । शिक्षक अभिभाबक संघका अध्यक्ष दिल कुमार श्रेष्ठले संक्षिप्त मन्तब्य ब्यक्त गर्दै विद्यालयाले यो वर्ष र बिगतका बर्षमा गरेका उपलब्धिले वेष्ट पोइन्ट एक उत्कृष्ट विद्यालय भएको बताउनुभयो ।
प्रमुख अतिथि वेष्ट पोइन्ट विद्यालयका अभिभाबक तथा बेनी नगरपालिकाका उप प्रमुख संजु बरुवालले सम्पूर्ण अभिभावकलाई इंगित गर्दै विद्यालयको सिकाइ संगै घरपरिवार समाजमा समेत आफ्ना नानिबाबुको हरेक क्रियाकलापमा अभिभावकले ध्यान पुर्याउन र समय दिन समेत आग्रह गर्नुभयो ।
त्यसैगरी अध्यक्षताको मन्तब्य ब्यक्तगर्दै वेष्ट पोइन्ट एजुकेशन म्याग्दी प्रालीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बिगत २ वर्ष देखी कोरोना महामारीका कारण शिक्षा क्षेत्र अस्तब्यस्त भैरहेका बेला विद्यालयले अनलाइन मार्फत विद्यार्थी हरुलाइ सिकाइ सहजीकरणमा शिक्षक कर्मचारीको मेहेनतका कारण विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गर्न सफल भएको बताउनुभयो । उहाँले जिल्लामा शैक्षिक, खेलकुद लगायत विभिन्न क्रियाकलापमा वेष्ट पोइन्ट विद्यालयले हासिल गरेको उत्कृष्टतामा सम्पूर्ण अभिभावक, शिक्षक, ब्यबस्थापन समिति, शिक्षक अभिभाबक संघ र विद्यार्थीहरुको सामुहिक प्रयास रहेकोले सबैलाई समान गर्दै आगामी दिनमा यस्तै सामन्जस्यताको अपेक्षा समेत गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरु अनुभूति बानिया (कक्षा ८), केशव रोका (कक्षा १२ ) निरुता बुढाथोकी (बिबिएस दोश्रो वर्ष) र शिक्षकको तर्फबाट मनोज कुमार खड्काले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता बेनी नगरपालिकाका उपप्रमुख संजु बरुवालाको प्रमुख आतिथ्यता, भाइस प्रिन्सिपल सरोज लकान्द्रीको स्वागत र कृष्ण जिसीको संचालनमा सम्पन्न भएको वेष्ट पोइन्ट मिडियाहबले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )