बेनी, मङ्सिर-२६, बेनीमा संचालित १९औ जेसिज कप फुटबल प्रतियोगिता वेष्ट पोइन्टले जितेको छ । गत बर्षको उपबेजेता वुद्ध एकेडेमीलाई ४-० को अन्तरले हराउदै वेष्ट पोइन्टले उपाधी जितेको हो । वेष्ट पोइन्टले यो भन्दा अघि लगातार ३ पटक उपाधि जित्दै शिल पच समेत गरेको छ भने यो लगातार चौथो पटकको जित रहेको छ ।
म्याग्दीमा जेसिस कपलाइ विद्यालयस्तरको चर्चित फुटबल प्रतियोगितामा मानिएको छ । जिल्ला भरका कुल २१ टिम सहभागी प्रतियोगितामा फरक फरक दुइ पोलबाट फाईनलमा पुगेका गत वर्षका बिजेता र उपविजेता फाइनलमा पुगेका थिए । खेल निकै प्रतिश्पर्धामक हुने आंकलन गरिएपनि वेष्ट पोइन्टले बुद्धएकेडेमीलाई दवावमा राखेको थियो उता बुद्धले थुप्रै गोल गर्ने अवसर गुमाएको थियो ।
प्रतियोगितामा बिजेता बन्दै न्यु वेष्ट प्वाईन्टले जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ रुपैया प्राप्त गरेको छ । त्यस्तै उपबिजेता बनेको बुद्ध एकेडेमी बगरफाँटले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्राप्त गरेको छ । विजेता र उपविजेता विद्यालयलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठ लगातयले प्रमाणपत्र मेडल र ट्रफी वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा केवी एकेडेमी दरवाङले अनुशासित टिम बन्दै नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्रप्राप्त गरेको छ । विजेता न्यु वेष्ट प्वाईन्टका अमृत तामाङ उतकृष्ट खेलाडी, न्यु वेष्ट प्वाईन्टका अमृत तामाङ र लकुस पुन सर्वाधिक गोलकता बनेका छन् । दुवैले समान ५/५ गोल गरेका थिए ।
त्यसैगरी म्याग्दी एकेडेमी सिगांका सज्जन किसान उतृकष्ट गोलरक्षक, बुद्ध एकेडेमीका रविन तामाङ उतकृष्ट डिफेन्डर, बुद्ध एकेडेमीका निराजन पुन उतकृष्ट स्टाइकर, केवी एकेडेमी दरवाङका खगेन पुन उतकृष्ट मिडपिल्डर, वेष्ट प्वाईन्टका सुमन थापा राईजिङ प्लेयर घोषित भएका छन् न्यु वेष्ट प्वाईन्टका दिपेन राई उत्कृष्ट कोच घोषित भएका छन् । विभिन्न विधा बाट उतकृष्ट छनोट भएका खेलाडीलाई नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ भने टाइटल स्पोन्सर नमस्ते ट्रेड होटल याक रहेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )