म्याग्दी, कार्तिक-१६, म्याग्दीका पत्रकार धिरण खत्रीलाई सम्मान गरिएको छ मंगलबार बेनीमा आयोजित एक कार्यक्रममा पत्रकार खत्रीलाई ‘कृष्ण सेन-मदन स्मृति’ पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेल, गण्डकी प्रदेशसभा सदस्य बिनोद केसी, नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोबिन्द पौडेल, संयोजक रेशम जुग्जाली, सेन्टर अध्यक्ष कमल खत्री लगायतले नगद सात हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका थिए । उहाँलाई प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनको अवसरमा पत्रकार खत्रीलाई सो पुरस्कार प्रदान गरिएको हो ।
सेन्टरले बि.स. २०७१ मा द्धन्द्धकालमा दिवंगत पत्रकार कृष्ण सेन इच्छुक र म्याग्दीका सहिद मदन केसीको स्मृतिमा १ लाखको कोष स्थापना गरेको थियो । भिमदत्त चलचित्रको बिशेष प्रर्दशनीबाट स्थापना भएको कोषमा गण्डकी प्रदेशसभा सदस्य समेत रहनुभएका सहिद मदन केसीका भाइ बिनोद केसीले पनि सहयोग गरेका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )