पर्वत, कार्तिक-४, भिर्नी झोलामा गितले सर्वाधिक चर्चा कमाएका गायक एवं संचारकर्मी कृष्ण अखेली र सरस्वती लामिछानेको फेरी ढाँचा पार्यो नभने सार्वजनिक गरेका छन ।
कोरोना महामारीका कारण बिगत २ वर्ष देखि सुस्ताएको नेपाली लोक संगीतको बजार उचाल्ने गरी बागलुङे सर्जक कृष्ण अखेली र पर्वते चेली सरस्वती लामिछानेको गीत बजारमा आएको हो । यस अघीको उनिहरुको साझा सिर्जना भिर्नी झोलामा गीतले निकै चर्चा कमाएको थियो । यो गीतमा पनि भिर्नी झोला गीतकै समुह सहभागी छ ।
फरक शैलीबाट तयार पारिएको गीतका शव्द भने प्रवासमा बसेर सर्जक शिव अखेलीले कोरेका हुन् । रोजगारीको शिलशिलामा युरोपमा रहेका अँखेलीले सायौं गीतका शव्द रचना गरेका छन् । स्थानीय भाषा र लवज तथा रहन सहनमा मेल खानेखालका शव्दजाल बुन्न सिपालु शिवका शव्द नेपाली लोक संगीतको बजारमा राम्रो बिक्रि हुनेगरेका छन् ।
कृष्ण विके भाञ्जाको एरेञ्जमा निर्माण भएका गितमा अहिलेका चर्चित मोडल सुनिल क्षेत्री र प्रेरणा आचार्यले अभियन गरेका छन । सुनिल क्षेत्रीकै निर्देशनमा बनेको उक्त गित पोखराका साथै पर्वतको कुश्मा र बागलुङको बलेवा जोडेर बनाईएको बञ्जी जम्प र द क्लिफ रिर्सोटमा छायांकन गरिएको छ ।
सरस्वती लामिछाने युवट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गित जनता डिजिटल फिल्मस मार्फत अमृत चापागाईले सम्पादन गरेका छन । गायक अखेली र गायिका लामिछानेले लोकगित संगितमा लामो समय देखी सहयात्रा गर्दै आएका छन ।
भिडियो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )