पर्वत, असोज-९, बाग्लुङ्गमा गण्डकी प्रदेश्स्तारिया ते क्वान्दो प्रतियोगिता शुरु भएको छ । नेपाल आईटीएफले सो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि ढोरपाटन नगरपालिका बोबाङमा शुरु गरेको हो । प्रतियोगितामा गण्डकीका ६ जिल्लाका खेलाडी सहभागी रहेका छन् भने प्रतिस्पर्धा शनिबारसम्म चल्नेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले खेलको विकासका लागि गण्डकी सरकार निरन्तर लागिरहेको बताउनुभयो । ‘पहिले छुट्टै मन्त्रालय थिएन । अहिले खेलकुद हेर्ने मन्त्रालय छुट्टै छ । हाम्रो अधिकतम प्रयास खेलकुदको विकासमै छ’, उहाँले भन्नुभयो, ‘युवाहरूलाई खेल र रोजगारीसँग जोड्नुपर्छ । युवा बेरोजगार हुनु भनेको देश दुर्घटनामा फस्नु जस्तै हो ।’ उहाँले ग्रामीण क्षेत्रमा खेल मैदानहरू निर्माण गर्ने र स्वरोजगारका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।
गण्डकी खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङले देशले नै खेल क्षेत्रलाई महत्त्व नदिएका कारण समस्या भोग्नुपरेको बताउनुभयो । ‘हाम्रो जस्तो देशमा खेलकुदलाई महत्त्व दिएको छैन । गण्डकीमा पनि धेरै अप्ठ्यारा परिस्थितिहरू छन् । खेल खेल्यो भने के हुन्छ भन्ने ज्ञान अभिभावकलाई छैन’, उहाँ भन्नुहुन्छ , ‘पूर्वाधार र खेल सामग्रीको अभाव छ । यही अभावबाट पनि व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेछ । गण्डकीले केही शुरुवात गरेको छ ।’
निशीखोला र तमानखोला गाउँपालिकाका अध्यक्षहरूले ग्रामीण पूर्वाधारमा साथ दिन आग्रह गरे । बागलुङबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भए पनि त्यसअनुसार पूर्वाधार नभएको उनीहरूको गुनासो छ । आईटीएफका गण्डकी अध्यक्ष घमबहादुर थापाले सबैखाले एकताको स्रोत खेलकुद भए पनि खेल क्षेत्रमा राज्यको नजर नपुगेको बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )