यसैगरी २६ असोज मंगलबार फूलपाती परेको र फूलपाती भित्र्याउन साइतको आवश्यक नपर्ने बताउँदै उहाँले फूलपातीको दिन सरस्वतीको पूजासमेत गर्नुपर्ने बताउनु भएकाे छ ।
उहाँका अनुसार टीकाको साइत २९ असोज शुक्रबार बिहान १०ः०२ बजेको छ । टीका लगाइदिने व्यक्ति पश्चिम र टीका थाप्ने व्यक्ति पूर्व फर्कनुपर्नेछ ।
यस्तै २ कात्तिक मंगलबार कोजाग्रत पूर्णिमा र व्रत परेको अध्यक्ष अधिकारीले बताउनु भयाे । उहाँका अनुसार आश्विन शुक्ल पूर्णिमाका दिन २ कात्तिक मंगलबार सबै बलि पूर्ति गरिने र सोही रात कोजाग्रत पूर्णिमाको व्रत बसेर मनाइने छ ।