पर्वत, असोज-३, यातायात व्यवस्था विभागले ५ महिनापछि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को नयाँ आवेदन लिने भएको छ । विभागले कोरोनाका कारण बन्द भएको आवेदन असोज दोस्रो सातादेखि नयाँ आवेदन खुल्ने जनाएको छ ।
नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएसँगै विभागले गत वैशाख १६ देखि आवेदन सेवा बन्द गरेको थियो। असोज दोस्रो साताबाट नयाँ भर्न सकिने विभागले जनाएको छ। बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीको भने गत भदौ २० देखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन भइरहेको विभागले जनाएको छ।
विभागले यसअघि नै नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ। पहिले जस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनुनपर्ने व्यवस्था कार्यविधिमा छ। लिखितमा न्यूनतम ६० अंक ल्याएमा उत्तीर्ण हुने र प्रयोगात्मकमा ७० ल्याएमा पास हुने कार्यविधिमा उल्लेख छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )