बेनी, भदौ-३, बेनीका ब्यवसायी जिबनकुमार बिश्वकर्माले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको ‘पत्रकार आपतकालिन कोष’लाई आर्थिक सहयोग गर्नुभएको छ ।
म्याग्दी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य संस्था ब्यवस्थापन समितिका अध्यक्ष बिश्वकर्माले आइतबार कोषका लागि अध्यक्ष प्रकाश पौडेललाई रु. दश हजार हस्तान्तरण गर्नुभयो ।
प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले शाखाले गत जेठमा कोष स्थापना गरेको थियो । ६३ हजार २२२ रुपैयाँ जम्मा भएको कोषबाट दुई जना पत्रकारलाई १५ हजार रुपैयाँ उपलब्ध गराइसकिएको छ । कोषमा हाल ४८ हजार २२२ रुपैयाँ बचत रहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )