पर्वत, भदौ-३१, नेकपा एमालेका केन्द्रीय कमिटि सचिव एबम गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुंगले नेकपा एमाले बिभाजन गरेर माधव नेपालले राजैनीतिक भबिष्य समाप्त गरेको बताउनुभयो । नेकपा एमाले पर्वतको बृहत कार्यकर्ता भेलालाई बिहिबार पर्वतको कुश्मामा सम्बोधन गर्दै नेता गुरुंगले उक्त कुरा बताउनु भएको हो ।
पूर्वमन्त्री गुरुंगले आफैले १५ वर्ष सम्म नेतृत्व गरेको र जीवनभर यहि पार्टीमा संघर्ष गरेको व्यक्ति पदको लोभमा परेर बिभाजन गरेर नया पार्टी खोल्नु राजनीतिक महापराध भएको बताउनुभयो । पद लोलुपताका कारण नेपाल आफै राजनीतिबाट किनारा लागेको समेत बताउनुभयो । नेता गुरुंगले पार्टी बिभाजन गर्ने माधव नेपाल लगायतका नेताहरुले पार्टी नेता कार्यकर्ता र आन्दोलनलाई नै धोका दिएको टिप्पणी समेत गर्नुभयो ।
“पार्टी बिभाजन गर्नैपर्ने विचार सिद्दान्त केहीमा मतभेद छैन, राखेका सबै माग पुरा गरिदिदा समेत पार्टी छोडेर जानेहरु अराजक, अनुशाशनहिन हुन्” गुरुंगले भन्नुभयो । उहँले माधव नेपाल र पार्टी अध्यक्ष केपी ओली कै सहमितिमा कार्यदल बनेको र दुवै नेताको सहमतिमा कार्यदलमा १० बुदे समझदारी बनेपनि नेता नेपालले त्यसलाई लत्याएर भागेको बताउनुभयो ।
दोश्रो पुस्ताका सबै नेताहरु पार्टीमा फर्किए तर उहाँ झन् पछी सर्दै जानुभयो, गौरवागाथाको इतिहास र उज्ज्वल भविष्य बोकेको पार्टीलाई फोर्न के बाध्यता आइलाग्यो माधव नेपाललाई ? उहाँले प्रश्न गर्नु भयो।
कार्यक्रम नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीको अध्यक्षता, उपाध्यक्ष भक्त कुँवरको स्वागत र पदमपाणी शर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरे ठुलो संख्यामा नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका व्यक्तिहरुलाई स्वागत समेत गरिएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )