काठमाडौं, भदौ-३१, नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार सय ६४ सिटका लागि दरखास्त आह्वान गरेको हो।
सेनाले अम मेडिकल पदमा १२२ जना मागेको छ भने सैनिक उपचारिकामा ६४ जनालाई जागिरको अवसर छ । सेनाले २२ जना पूजारी हुद्दा मागेको छ । त्योबाहेक भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, इलेक्ट्रोनिक्स लगायत पदमा भर्ना आह्वान भएको हो ।
सेनाले खुला तथा समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि आरक्षण सिटसहित आवेदन माग गरेको हो । सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका नेपाली सैनिकका सन्ततीका लागि पनि आरक्षणको व्यवस्था छ ।
इच्छुक उम्मेदवारले बिहीबारबाट ३१ असोजसम्म दरखास्त दिन सक्नेछन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )