म्याग्दी, भदौ-३०, नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजबादी ) म्याग्दीको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले युवा नेता कृष्णकुमार बिश्वकर्माको अध्यक्षतामा जिल्ला कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा हेमराज शर्मा, सचिबमा दुर्गा कार्की, उप सचिबमा जिबन सापकोटालाई चयन गरेको छ । ६१ सदस्यीय जिल्ला कमिटिमा केही पदाधिकारी र सदस्यहरु पछि मनोनयन गरिने नबनिर्बाचित सचिब दुर्गा कार्कीले जानकारी दिनुभयो ।
भेलालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य चुडामणी जंगलीले सर्बहारा र श्रमजिबी बर्गको उत्थान गर्ने वास्तबिक कम्युनिष्ट पार्टी एकिकृत समाजबादी पार्टी नै भएको बताउनुभयो । सम्बोधनको क्रममा उहाँले एमाले अध्यक्ष केपी ओली संग मिल्न सक्ने, मिलाउन सक्ने, योजना बनाउन सक्ने, योजनाको कार्यान्वयन गर्न सक्ने र गल्ती भएमा आत्मालोचना गर्ने सक्ने गुणहरु नहुँदा एमाले बिभाजन भइ आफुहरुले नयाँ पार्टी निर्माण गरेको बताउनुभयो । जंगलीले जनताको बहुदलीय जनबादलाई आत्मसाथ गर्दै लोक कल्याणकारी राज्यको अबधारणा अनुसार काम गर्ने बताउनुभयो ।
कार्यक्रममा एकिकृत समाजबादी पार्टीका गण्डकी प्रदेश कमिटि सचिब प्रतापलाल श्रेष्ठले ओलीले संसद बिघटन गर्दा बिपक्षमा उभिएका नेताहरु अहिले एमालेमै रहँदा आफुहरुलाई ठुलो घात भएको बताउनुभयो । कार्यक्रममा केन्द्रिय सदस्य रामजी प्रसाद शर्मा, केन्द्रिय उद्योग बिभागका सदस्य याम श्रेष्ठ, जिल्लाका अग्रज नेता अमर बानीयाँ लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । भेला आयोजक कमिटिका संयोजक देउ प्रसाद छन्त्यालको अध्यक्षता, कृष्ण कुमार बिश्वकर्माको स्वागत र रुद्र किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )