म्याग्दी, भदौ-२६, गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यस्युको आयोजनामा म्याग्दीको गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा तिजको अवसरमा दरखाने दिनमा भोजन गराएको छ ।
नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा एनआरएनए क्युस्युले भदौ २४ गतेका दिन दर खाने कार्यक्रम आयोजना गरेको हो । आश्रममा रहेका ४२ जना (पुरुष ४ र महिला ३८) र अन्य गरी जम्मा ५५ जना जेष्ठ नागरिकहरुलाई दर खुवाइएको हो ।
आफ्नो परिवार नभएका एवं अन्य कारणबाट परिवारभन्दा टाढा रही जेष्ठ नागरिक आश्रममा शरण लिएर बसेका आमा बुबाहरुलाई परदेशबाट माइतीको सम्झना स्वरुप कार्यक्रम आयोजना गरिएको एनआरएनए क्यस्युका संयोजक अर्जुन थापा र सचिव कृष्णहरि पाठकले विज्ञप्तिमार्फत जनाएका छन् ।
२०६७ सालभन्दा पहिलादेखि पवित्र तीर्थस्थल गलेश्वरधाम परिसरमा बस्दै आइरहेका करिब ३० जनाको उद्धार गर्ने उद्देश्यले गलेश्वर क्षेत्र विकास कोष र गलेश्वर पुलस्त्य पुलाश्रम अन्नदान क्षेत्रको सहयोगमा नि:शुल्क खाना खुवाउने कार्यबाट सुरु गरेको थियो ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गर्ने गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँ र एनआरएनए क्युस्यु सदस्य उज्ज्वल बानियाईलाई बिशेष धन्यवाद व्यक्त गरिएको छ । कार्यक्रममा आश्रमका कार्यवाहक अध्यक्ष बमबहादुर पुन, गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यवाहक अध्यक्ष पण्डित भिमनाथ पराजुलीलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )