जलजला, भदौ-२६, वारीवेनी माझफाँट हुँदै लेकफाँट नागी सडक सरकारले कटौती गरेको छ । सो सडक संघीय अघिल्लो सरकारले जलजलाको गौरबको आयोजनाको रुपमा सरकारको रणनैतिक योजनामा समावेश गरेको थियो । देउवा सरकारका अर्थमंत्री जनार्दन शर्माद्वारा हिजो प्रस्तुत गरिएको प्रतिस्थापन बजेट मार्फत कटौती गरिएको हो ।
पर्वत जिल्लाका सांसद पदम गिरीले निर्वाचनमा आफूले गरेका प्रतिबद्धता बमोजीम संघीय कार्यक्रममा समावेश गरेको योजना आजको प्रतिस्थापन विधेयक मार्फत योजना कटौतीमा परेको हो । एउटा सरकारले प्राथमिकतामा राखेको योजना अर्को सरकारले कटौती गर्दा स्थानियाबासी र सो सडकबाट लाभान्वित जनता रुष्ट भएका छन् ।
जलजला क्षेत्रको महत्वपूर्ण सडकको रुपमा लिइएको यो सडक कालोपत्रेका लागि डिपिआर निर्माण भएको छ । बजेटको सुनिश्चिता गरी ठेक्का आब्हान गर्नुपर्ने बेलामा नयाँ सरकारले आयोजना नै कटौती गरेपछि सडक कालोपत्रे नहुने चिन्ता स्थानीयबासीमा बढेको छ । धेरै जनसंख्या र भूगोल समेटिने यो सडक कालोपत्रे हूँदा यो क्षेत्रका निकै धेरै मानिसहरु लाभान्वित हुनेछन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )