म्याग्दी, भदौ-१३, अविरल बर्षाका कारण पहिरो खसेर म्याग्दी हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक फेरि बन्द भएको छ । सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठे, रुप्से खोला र काभ्रे भिर क्षेत्रमा साँझ ५. ३० बजे तिर लेदो माटो खसी सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङले बताउनुभयो ।
अहिले पनि वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको छ । पहिरो पन्छाउनका लागि सडक आयोजनाको डोजर, एक्स्काभेटर लगायतका सामान तयारी अवस्थामा राखिएको भए पनि निरन्तर पानी परिरहेको र पहिरो खस्ने जोखिम रहेकाले काम गर्न नसकिएको उहाँले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )