म्याग्दी, भदौ-१३, संरक्षक म्याग्दीले जिल्लाका ६५ जना बाढीपहिरो प्रभावितलाई राहत वितरण गरेको छ । हालै आएको बाढीपहिरोबाट प्रभावितलाई संस्थाको सिफारिसमा विपद् व्यवस्थापन केन्द्र काठमाडौंको सहयोगमा उनीहरुलाई राहत वितरण गरिएको हो ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको विभिन्न वडाका १६ जना बाढीपहिरो प्रभावित तथा पीडित र बेनी नगरपालिकाको विभिन्न वडाका ४९ जना पीडितहरुलाई राहत वितरण गरिएको संरक्षक म्याग्दीले जनाएको छ । उनीहरुलाई दाल, चामल, तेल, चिनी, चियापत्ती, नुन, आटालगायत खाद्यान्न सामग्री राहतस्वरुप वितरण गरिएको थियो ।
यसैगरी बाढीपहिरो पीडितलाई आढ्ने र ओछ्याउनका लागि सिरक, म्याटे«स र सिरानी तथा खाना पकाउने भाँडा कराई, डेप्ची, थाल र डाडुपन्यु वितरण गरिएको संरक्षक म्याग्दीको अध्यक्ष निशा महत जिसीले जानकारी दिनुभयो । संस्थाले १ सय २५ जना पीडितलाई सिफारिस गरेकोमा विपद् व्यवस्थापन केन्द्रले ५२ जनालाई पठाएको राहत बाँडेर ६५ जनालाई वितरण गरिएको जनाइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )