पर्वत, भदौ -१३, पहिरोका कारण अबरुद्द भएको पोखरा बागलुङ राजमार्गको पर्वत खण्डमा सवारी सुचारु भएको छ ।
केहिदिन देखिको निरन्तर वर्षाका कारण मोदी गाउँपालिका- ६ बेतनीमा पहिरो झरेर आज विहानैदेखि रोकिएको सडक अहिले संचालन भएको हो ।
पहिरोले रोकिएको सडक सुचारु भएपछि कास्कीको नयाँ पुल र पर्वतको डिमुवामा रोकिएका सवारीसाधान गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसात निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम भने कायमै छ ।
वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । पर्वतको नयाँ पुल, सहस्रधारा, अर्मादी, र रिठेखोलामा सडक माथिबाट ढुङ्गा, माटो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीका अनुसार वर्षा हुने वित्तिकै ढुङ्गा, माटो बग्ने क्रम शुरु हुने भएकाले यो खण्डमा यात्रा गर्न जोखिम रहेको छ । वर्षा निरन्तर भइरहेकाले कतिबेला ठूलो पहिरो झरेर जोखिम निम्तिने हो भन्ने खतरा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । साना सवारीसाधन मुस्किलले वारपार भए पनि बस तथा मालबाहक ट्रक भने ठप्प रहेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )