काठमाडौँ, भदौ-११, कोभिड–१९ को उच्च जोखिमका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरेको हो ।
‘बोर्डले सरकारसँग विद्यार्थीलाई खोप उपलब्ध गराउन माग गरेको थियो सोही अनुसार पौने चार लाख विद्यार्थीलाई मन्त्रालयले खोपको व्यवस्था गरिसकेको छ। अब एक साताभित्र परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको छ। विद्यार्थीको भौतिक उपस्थितमै तीन घन्टाको परीक्षा सञ्चालन गरिने तयारी छ।’ बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताउनुभएको छ ।
उहाँका अनुसार परीक्षा केन्द्र तोक्ने, जनशक्ति व्यवस्थापन, प्रश्नपत्र तयारी, ढुवानी तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनबारे अभिमुखिकरण गर्ने लगायतका सम्पूर्ण कार्य यसअघि नै सम्पन्न भएकाले परीक्षा सञ्चालन गर्न थप सहज हुनेछ।
‘जापानबाट प्राप्त भएको १६ लाख डोज खोपमध्ये कक्षा १२ का विद्यार्थीलाई आवश्यकताको आधारमा उपलब्ध गराइरहेका छौं,’ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भन्नुभयो , ‘सबै विद्यार्थीलाई खोप पुग्छ त्यसैले अब भदौ अन्तिम साता परीक्षा सञ्चालन गर्ने हाम्रो तयारी छ।’
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले सूचना सर्वाजनिक गरी मन्त्रालयकै अनुरोधमा सरकारले १८ वर्ष र सोभन्दा बढी उमेरका सबै विद्यार्थीलाई खोप उपलब्ध गराउने व्यवस्था गरेकाले सबैले खोप लगाउनुपर्नेमा जोडदिनुभयो । आफूलाई पाएक पर्ने खोप केन्द्रबाट खोप लगाउन सबै विद्यार्थीलाई अनुरोध गरिएको छ। विद्यार्थीलाई खोप लिनका लागि सहजिकरण गरिदिन शिक्षण संस्थालाई समेत आग्रह गरिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )