पर्वत, असार-६, पर्वतको मोदी गाउँपालिकाका वडाअध्यक्ष कोरोना संक्रमितको शव ब्यबस्थापनमा खटिनुभएको छ । मोदी गाउँपालिका २ देउपुरका वडा अध्यक्ष विकास तिमिल्सिनाले कोरोना संक्रमित परिवार भित्रका मृतकको आँफै खटिएर दाहसंस्कार गर्नुभएको हो ।
तिमिल्सिनाले आफै पिपिई लगाएर शनिवार बिहान मृत्यु भएकी स्थानीय ८० वर्षिया बृद्धाको शव व्यवस्थापन गर्नुभएको हो । अध्यक्ष तिमिल्सिनाले पीपीई लगाएर ति बृद्धको शव बोकेर घाटसम्म पुराएर दहासंस्कार गरेको बताउनुभयो । नेपाली सेनाले शव व्यवस्थापनको जिम्मा लिएपनि सेनाको व्यारेक सदरमुकाम कुश्मामारहेको र सेना परिचालन गर्दा उनीहरुका लागि सवारी साधान, स्वास्थ्य उपकरण व्यवस्थापन लगायत जुटाउनुपर्ने कारणले वडाध्यक्ष आँफैले शव व्यवस्थापनमा सक्रिय रुपमा लागेको बताउनुभयो ।
बृद्ध महिलाको छोरा र नातीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । तर मृतक महिलाको भने कोरोनाका लक्षण देखिएपनि परिक्षण नगर्दै मृत्यु भएको मोदी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नेपाल प्रहरीवाट अवकास प्राप्त भएको २ महिनामै वडा अध्यक्षमा निर्वाचित हुनुभएका तिमिल्सिनाले गाउँका हरेक काममा सक्रियता देखाउँदै आउनुभएको छ । शब दाहसंस्कारमा समेत उहाँको सक्रियता देखिएपछि सामाजिक संजालमा उहाँको निकै प्रसंसा समेत भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )