पर्वत, जेठ-२८, गण्डकी प्रदेशमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको दाबीसहित नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली ३१ सांसदसहित प्रदेश प्रमुखको कार्यालय पुगेका छन ।
काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली प्रदेशप्रमुख समक्ष गएका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि शुक्रबार २४ घण्टाको समय दिएर आह्वान गरेपछि विपक्षी गठबन्धनका ३१ जना सांसद उपस्थित भएर हस्ताक्षर बुझाएका छन् ।
कुल ६० सदस्य रहेको गण्डकी प्रदेशमा सरकारका निर्माणका लागि चाहिने ३१ जना सांसद नै भौतिक रुपमा उपस्थित भएर हस्ताक्षर बुझाएका हुन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित भएर सांसदले हस्ताक्षर बुझाएका हुन् । नेपालीले प्रदेश प्रमुखलाई सजिलो होस् भनेर सशरीर उपस्थित भएकोले सनाखत गर्न आग्रह गरेका थिए । प्रदेश प्रमुख पौडेलले आज भइहाल्यो सनाखत भोलि गरौंला र प्रक्रिया पुगे नपुगेको भोलि हेरौंला भन्ने जवाफ दिएको नेता नेपालीले बताएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )